प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको चिसापानीबाट दुई युवक पक्राउ

२०८० माघ २८, आईतबार ०९:२३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१६ चिसापानीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बकैंया गाउँपालिका वडा नं.२१ बर्षीय कुशल खडका र हेटौंडा–१६ बस्ने २२ बर्षीय अञ्जन खड्का रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार अञ्जनको साथबाट लागुऔषध ट्रामाडोल ट्याबलेट–१० ट्याबलेट र
कुशलको साथबाट करिब २० ग्राम र एनटी सियूपी ट्याबलेट–१ बरामद गरेको हो ।

दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।