प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा विषालु च्याउ खाँदा दुई परिवारका ६ जना बिरामी

२०८० आश्विन २६, शुक्रबार १९:३८ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना किरामी परेका छन् । आज शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खादा दुई परिवारका ६ जना विरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विरामी हुनेमा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० बर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन् ।

विरामीहरको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।