हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठवन्धनका उम्मेद्वारहरु विजयी भएका छन् । अध्यक्षमा गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मत सहित विजयी भएका हुन् । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि गठवन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरिन् ।