हेटौंडा – बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडातर्फ जाँदै गरेको उक्त मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।