हेटौंडा – मकवानपुर राक्सिराङ गाउँपालिका–५, चैनपुरबाट लागुऔषध गाँजा सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा देश भारत मोतिहारी बिस्रामपुर बस्ने ५५ वर्षीय राजेस्वर महतो रहेका छन् ।
प्रहरी चौकि चैनपुरबाट खटिएको टोलीले मनहरी खोलाको बगरमा शंकास्पद अवस्थामा पैदल हिडिरहेका महतोलाई २ किलो ३०० ग्रामसहित पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।