हेटौंडा – पर्साको बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट शनिबार साँझ लागूऔषध खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन् ।
शनिबार साँझ १ ग्राम २१० मिलिग्रामसहित हेटौंडा उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय समिर लामा पक्राउ परेका हुन् ।
प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका लामालाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।