हेटौंडा – रंगहरूको पर्व होली बागमती प्रदेशको राजधानी हेटौंडामासहित देशका पहाडी भू–भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ ।
विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । हेटौंडाको स्कुलरोड, संगमचोकमा होली विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर, अण्डा दलेर आत्मीयता साटासाट गरेका थिए । तस्वीरहरु: संजिव रसाईली

















