हेटौंडा – मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका वडा नं.२ गागन बजारमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ इटहरा गाउँपालिका–४ बस्ने २२ वर्षीय अबिशेक भट्टराई रहेका छन् । प्र.१–०२–०४४ प. ५००९ नम्बरको मोटरसाईकलमा भिमान बाट डकाहा तर्फ जाने क्रममा आफै अनियन्त्रित सडकबाट करिब ३५ फिट तल खसेर दुर्घटना भएको थियो।
मोटरसाईकल चालक भट्टराईको उपचारको लागी चन्दनपुर ओम साई मेडिकलमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । घट्नाबारे आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।