हेटौंडा – मोरङको बेलबारी नगरपालिका ८ मतुवामा ट्रकमा कार ठोकिदा कारमा सवार एक किशोरको मृत्यु भएको छ भने कार चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा कारमा सवार झापाको दमक नगरपालिका ४ का १४ वर्षीय राजु बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार कार चालक बेलबारी नगरपालिका १ का २२ वर्षीय संदिप लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको को १ ख ८००४ नम्बरको ट्रकमा बा ११ च २४५८ नम्बरको कार आज बिहान ७ बजे दुर्घटना भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।