प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गौशला-२६ भन्दै फोटो सार्वजनिक गर्ने राई पक्राउ

२०८० माघ ३, बुधबार १८:३१ बजे

काठमाडौँ – सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै फोटो सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौँ ल्याएको हो।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।