प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर १ को (क)मा एमालेलाई गठबन्धनले उछिन्यो(मतसहित)

२०७९ मंसिर ५, सोमबार १६:१० बजे

हेटौंडा – मकवानपुर क्षेत्र नं.१ को प्रदेशसभा(क) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादीका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले नेकपा एमालेका उम्मेदवार कमल विष्टलाई उछिन्दै अग्रता बनाएका हुन् ।

निर्वाचन अधिकृत कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार ४ हजार ८४२ मत गणना गर्दा पुलामीले १ हजार ८६९ मत प्राप्त गर्दा विष्टले १ हजार ४४१ प्राप्त गरेका छन् । त्यस्तै राप्रपका सागर थापाले १ हजार २३१ मत प्राप्त गरेका छन् ।