हेटौंडा – आज शुक्रबार धन त्रयोदशी अर्थात् धनतेरस । धनतेरसमा तामा, पित्तल, सुन, चाँदी खरिद गर्नु शुभ मानिन्छ । आजबाट तिहारको रमझम सुरु भएको छ ।

तिहारको रमझम सुरु भएसंगै हेटौंडा बजार क्षेत्रका पसलहरुमा ग्राहकहरुको घुँइचो लगेको छ । हेटौंडाको राप्तिरोड, कान्तिलोकपथ, बुद्धचोक, खोपेगल्ली, बसपार्क लगायत क्षेत्रका पसलहरुमा मानिसहरुको ठुलो घुँइचो लागेको हो ।

घर सजावटका तथा पुजाका सामाग्रीहरु, भाइमसला, माला, लत्ताकपडा, टोपी, सुनचादी, मिठाई, फलफुल,माटाका भाडा, भाइटिका, भाडाकुडा, झिलिमिलीका सामानहरु बिक्री वितरण गर्ने पसलमा ग्राहकहरुको भिड लागेको हो ।

पसल सञ्चालकहरुलाई सामान बेच्न भ्याईनभ्याई छ । आजबाट तिहार लक्षित सामानहरुको व्यापार उत्साहजनक रहेको व्यवसायीहरु बताउँछन् । भोली शनिबारबाट यमपञ्चम सुरु हुने भएकोले ब्यापार पढ्ने व्यवसायीहरुको अनुमान छ ।













\