प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर प्रहरीद्वारा सुर्ती र चिनी बरामद

२०८० आश्विन ८, सोमबार ११:३० बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट भन्सार छलेर ल्याएको सुर्ती र चिनी बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहट तर्फबाट काठमाडौंतर्फ जान आउदै गरेको ना.५ ख २६९४ नम्बरको यात्रु बाहक बसबाट सुर्ती र चिनी बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार बसको चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडिको डिक्किबाट सुर्ती ५ बोरा (१७० केजी) र चिनी ८० किलोग्राम फेला परेको हो । फेला परेको उक्त समानको बिलमा उल्लेख भएको परिमाण भन्दा फरक परेकोले समान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।