प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाघको आक्रमणबाट एक जनाको मृत्यु

२०८० पौष ९, सोमबार १७:०३ बजे

पर्सा – बाघको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ । जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ का ३२ वर्षीय मनोज उरावँ धाँगडको मृत्यु भएको हो ।

आइतबार साँझ जंगल छेउमा दिसा गर्न गएका उनी राति घर नपुगेपछि उनको खोजतलास गर्ने क्रममा जङ्गलमा उनले लगाएको चप्पल भेटिएको हो । चप्पल भएकै ठाउँभन्दा केहि पर बाघको पञ्जाको डोव र मृतकको मोबाइल भेटिएको थियो ।

बाघले खाएर छाडेको शरीरको केहि अवशेष समेत भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।