हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ मानसचोक नजिकै एक ब्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ सिचाँई टोल बस्ने दानिल न्यौपानेमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
धारिलो हतियार प्रहार गर्ने हेमन्त थापा मगर र असिम बर्तौला रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो मानसचोकस्थित मालपोत कार्यालय अगाडि धारिलो हतियार प्रहार गरी मगर र बर्तौला फरार भएका छन् । उनिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मगर र बर्तौला न्यौपानेका साथी हुन् । आपसी भनाभनपपछि मगर र बर्तौलाले न्यौपानेमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार हतियार प्रहारबाबाट न्यौपानेको घाँटी र पेटमा चोट लागेको छ । उनको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।