प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा १४ किलो ८३० ग्राम लागूऔषधसहित दुई जना पक्राउ

२०८१ पौष ६, शनिबार २०:२० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा प्रहरीले १४ किलो ८३० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पुस ४ गते अपराह्न ४:३० बजे इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा लु ३ ख १७४१ नम्बरको यात्रुवाहक बसबाट उक्त लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका व्यक्तिहरूमा धादिङको रोराङ गाउँपालिका-२ ताल्ती निवासी ३५ वर्षीय सोमिलाल चेपाङ र २० वर्षीय किशोर चेपाङ रहेका छन्। प्रहरीलाई उनीहरू शंकास्पद लागेपछि खानतलासी गर्दा झोलाभित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा फेला परेको हो।

प्रहरीले पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौडाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।