प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा असिना र पानी(तस्वीर)

२०८० जेठ ३, बुधबार १२:११ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार साँझा चट्याङ र असिनासहित भारी बर्षा भएको छ ।

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव हेटौंडा सहित जिल्लाको विभिन्न भूभागमा भारी बर्षा भएको हो । 

गर्मी बढेसंगै हेटौंडामा केही दिन देखि राम्रोसंग पानी परेको थिएन । पानी परेपछि गर्मीएको हेटौंडामा सितल महसुस गरिएको छ ।

असिनाको कारण मकवानपुरका ग्रामिण भेगका किसानहरुको खेतिबालीमा क्षति पुगेको छ । कहाँ कति क्षति भयो भन्ने बारे पुरा विवरण भने आउन बाँकी छ । 

मकवानपुरको अधिकांश भूभावका विद्युत समेत अवरुद्ध भएको विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।