प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कारबाहीबाट बच्न डीआईजी सापको राजीनामा

२०७९ फाल्गुन ११, बिहीबार ०३:३९ बजे

काठमाडौं – जन्ममिति  विवादमा  परेका  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले बुधबार राजीनामा दिनुभएको छ । उहाँ नेपाल प्रहरीमा तेस्रो वरीयतामा हुनुहुन्थ्यो । नागरिकता अनुसार  जन्ममिति बढाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा पुगेपछि उहाँले राजीनामा दिनुभएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले डीआईजी सिंहले प्रहरी   प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको र आवश्यक प्रक्रियाका लागि गृहमन्त्रालय पठाइएको  जानकारी  दिनुभयो। नेपाल प्रहरी निरीक्षकमा भर्ना हुँदा सिंहले पेस गरेको नागरिकतामा १८ वर्ष पूरा भएको  पेस उल्लेख छ ।

त्यसपछि  जिल्ला  प्रशासन  कार्यालय, कैलालीबाट २२ जेठ २०४२ मा जारी नागरिकता अनुसार सिंहको जन्ममिति २२ जे ठ २०२४ कायम हुन्छ । सिंहले प्रहरी प्रधान  कार्यालयमा बुझाएको शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १६ पुस २०२५ उल्लेख छ । यसअनुसार नागरिकताको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को उमेर हदका कारण २२ जे ठ २०७९ मै अवकाश पाउनुपर्ने हो ।

प्रहरी नियमावली २०७१ मा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले पेस गरेको नागरिकता प्रमाणपत्रमा वर्ष वा संवत् मात्रै उल्लेख भए नागरिकता र शैक्षिक प्रमाणपत्र जारी भएको  मितिलाई जन्मको मिति र गते कायम हुने उल्लेख छ  । सबै विवरणमा एउटै मिति नभए जुन मितिबाट पहिले हुन्छ, सोही मितिका आधार मा अवकाश हुने व्यवस्था छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।