प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा कोदोको पिठो'ब्रान्डिङ' कार्यशाला

२०७९ पौष २, शनिबार १५:१२ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोलामा कोदोको पिठो ब्रान्डिङ कार्यशाला गरिएको छ । शनिबार अपाङ तथा विपन्न कृषि सहकरी संस्थामा स्थानीयस्तरमा उत्पादित कोदोको पिठो ब्रान्डिङ गरि बजारीकरण गर्ने उदेश्यले एक दिने ब्रान्डिङ कार्यशाला गरिएको मकवानपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

स्टोरी साइकलको प्राविधिक सहयोगमा कोदोको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणको विविध पक्षहरुको वारेमा अन्तरक्रिया गरिएको चौधरीले बताए । जसमा ब्रान्ड गुरु संजिव चौधरी, कथा तथा संचार विज्ञ सौरभ ढकाल, बजार संयोजक निश्चल पोखरेल र भिडियो तथा डिजाइनर बादल ज्ञवालीले सहजीकरण गरेका थिए।

विगत तीन वर्षदेखि कोदो संकलन, भण्डारण र बजारीकरण गर्दै आईरहेको अपाङ तथा विपन्न कृषि सहकारी संस्था मार्फत यसै वर्षदेखि मकवानपुरगढी गाउँपालिकाको सहयोगमा कोदो र कोदोको पिठो ब्रान्डिङ गरि बजारमा बिक्री वितरण गर्ने लक्ष्य रहेको बताईएको छ ।