हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.७ साततलेबाट धारिलो हतियार चक्कु सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मानसिक सन्तुलन ठिक नभएका स्थानीय ३५ बर्षीय रविन नेगी रहेका छन् ।
दशैंको टिकाको दिन साँझको समयमा धरान चतरा सडकखण्डमा आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारण मानिसहरुलाई चक्कु प्रहार गर्न खोजेपछि नेगीलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको मोवाइल गाडीको अगाडीको सिसा फुटाएको प्रहरीले जनाएको छ ।
नेगीलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।