प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

२०८१ भाद्र २४, सोमबार १९:४७ बजे

हेटौंडा – धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोकमा मोटरसाइकल दुर्घटनाका घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

घाइते मध्ये बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४६ वर्षिय उत्तम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडक क्रस गर्दै गरेको कुकुरलाई जोगाउँने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा दुइ जना घाइते भएका थिए।

गौतमको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगिएकोमा चिकित्सकले उपचार सम्भब नहुने भनेपछि चुरेहिल अस्पताल हेटौंडा ल्याएको थियो । उनको उपचारको क्रममा गएराती डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४४ वर्षिय प्रभाब गौतम सामान्य भएका छन् ।