प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्टिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी

२०८० माघ १०, बुधबार १७:२६ बजे

हेटौंडा – राष्टिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन भएका छन् । बुधबार हेटौंडामा भएको बिस्तारित बैठकबाट नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो ।

कमिटिको सहसंयोजक सबिन लामा चयन भएका छन् । नेपाल राष्टिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देबी ज्ञवालीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल स्रेष्ठ, संघका केन्द्रिय लेखा आयोग सदस्य सन्तोष चौलागाई लगायतको आतिथ्यता रहेको थियो । बिस्तारीत बैठक नेपाल राष्टिय युवासंघका केन्द्रिय सदस्य लक्ष्मण उप्रेतीको सभाध्यक्षतामा भएको थियो ।