प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

२०७९ चैत्र ६, सोमबार ०९:२० बजे

हेटौंडा – कैलालीको भजनी नगरपालिका ३ कुडि चोकमा ट्याक्टर अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै भजनी नगरपालिका १ ठेगरपुरका अन्दाजी २८ बर्षीय टिकाराम चौधरी रहेका छन् ।

सुख्खडबाट भजनी तर्फ जाँदै गरेको से २ त १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।