प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा फेरि मानव कंकाल भेटियो

२०८१ बैशाख ९, आईतबार ०९:२४ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ आलखोला जंगलमा मानव कंकाल फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार बिहान आलखोला जंगलमा घाँस काटन गएका स्थानीयहरुले मृत मानिसको कंकाल फेला पारेका हुन् ।

कंकाल फेला फेला परेपछि स्थानीयहरुले जनप्रतिनिधी र प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली पुगेर अनुसन्धान गर्दा तत्काल
कंकालको सनाखत हुन नसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनास्थलको मुचुल्का लगायतको कानुनी प्रकृया पुरा गरी स्थानीयहरुसंग बुझ्दा उक्त वडा क्षेत्रका कोही मानिस बेपत्ता नरहेको बुझिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा रहेको कपडा तथा कपाल हेर्दा पुरुष ब्यक्तिको कंकाल जस्तो देखिएको प्रहरीको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.३ स्थित वनमा मानव कंकाल भेटिएको थियो ।