प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जुम्लाको तापक्रम माइनस ५.८ डिग्री, तपाईको ठाउँको तापक्रम कति छ ?

२०७९ पौष २३, शनिबार ०५:०० बजे

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन भएको छ। ​बिहान पौने ९ बजे न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको छ भने सबैभन्दा कम जुम्लामा माइनस –५.८ तापक्रम मापन गरिएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केहि भू–भागहरूमा हुस्सु/कुहिरो शितलहर लागिरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

यस्तो छ तापक्रम