हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बस्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६ बर्षीय आरप ढकाल रहेका छन् ।
हेटौंडा तर्फबाट मनहरी तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले बुधबार सडक छेउमा हिडिरहेको अबस्थामा ढकाललाई ठक्कर दिएको हो । उनको टाउको र हातमा चोट लागेको छ भने उपचारपछि डिस्चार्ज समेत भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मोटरसाइकल चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।