प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दिउँसोपछि कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

२०८२ असार १०, मंगलबार ०८:४४ बजे

मकवानपूर । काठमाण्डौ उपत्यकासहित पहाडी भेगका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ ।

 गएराति र बिहान भेलबाढी आउनेगरी कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर दिउँसोपछि भने पानी पर्नेछ ।

महाशाखाका अनुसार दिउँसोपछि कोशी, बागमती र गण्डकी प्रदेश केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

देशभर मनसुन सक्रिय रहेकोले कुनै ठाउँमा छोटो समयमा पनि धेरै पानी पर्ने सम्भावना हुने भएकाले सचेत भइरहन मौसमविद्को आग्रह छ ।