प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा ८ मा गठबन्धनका उम्मेदवार थापा विजयी

२०७९ जेठ ६, शुक्रबार ०८:३८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को वडाध्यक्षमा गठबन्धनको उम्मेदवार रामकृष्ण थापा विजयी भएका छन् ।

गठबन्धनको तफबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापाले नेकपा एमालेका उम्मेदवार बोल बहादुर कार्कीलाई २४५ मतले पराजित गरेका हुन् ।

वडा नम्बर ८ मा खसेको ४४११ मतमा थापाले २२१३ मत ल्याउँदा कार्कीले १९६८ मत प्राप्त गरेका छन् ।

कांग्रेसको सिफारिस र माओवादी केन्द्र, नेकपा एस, जसपा, राप्रपाको समर्थनमा हेटौंडा–८ को थापाले वडाध्यक्षमा मनोनयन दर्ता गरेका थिए । उनले उनले एमालेको ४ दशको लामो इतिहास तोड्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै वडासदस्यमा गठबन्धनबाट २ जना र एमालेका २ जना सदस्य निर्वाचित भएका छन् ।