प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको कमानेबाट तीन जना पक्राउ

२०८० असार ११, सोमबार १३:४० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८, कमानेबाट लागुऔषध खैरो हिरोईन तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय बिशाल रावत, १८ वर्षीय सुमित वाईबा र हेटौंडा–१०, न्यूरेनी बस्ने ३२ वर्षीय बिमल भोलन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कमानेस्थित रावतको घरमा चेकजाँचको लागि पुगेको थियो । भोलनको साथबाट र रावतको घर कोठाको दराजबाट खैरो हिरोईन २५ ग्राम, जोख्ने काँटा थान, नगद ५ हजार र ५ थान मोवाईल बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

लागुऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।