हेटौंडा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बकैया गाउँपालिकामा निर्वाचित उम्मेदवारको नाम सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत कार्यालय बकैयाले मंगलबार गाउँपालिकाको प्रमुख उपप्रमुख सहित १२ वटा वडाका ६२ जना नवनिर्वार्चित जनप्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।
यसअघि निर्वाचन अधिकृत कार्यालय बकैयाले सार्वजनिक गरेको मतपरिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्री विजयी भएका छन् । त्यस्तै गाउँपालिकाको १२ वटा वडा मध्ये सबैभन्दा धेरै कांग्रेसले ५, माओवादी केन्द्रले ४ र एमालेले ३ वटा जितेको छ ।
बकैया मकवानपुरको सबैभन्दा ठुलो र धेरै वडा रहेको गाउँपालिका हो । यहाँ विभिन्न पार्टी तथा स्वतन्त्र गरी २४३ जनाले विभिन्न पदमा उम्मेवादरी दिएका थिए । जसमा अध्यक्षमा ६, उपाध्यक्षमा ५, वडाअध्यक्षमा ५०, वडासदस्य खुल्लातर्फ ९४, दलित महिलातर्फ ३५ र महिलातर्फ ४४ जनाले उम्मेदवार दिएका थिए ।
हेर्नुहोस्, बकैया गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको नामावली