प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा ट्रकसँग ठोक्किएर स्कुटर दुर्घटना

२०७९ माघ २४, मंगलबार ०५:०३ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपहानगरपालिका–९ पशुपतिनगरमा ट्रकसँग ठोक्किएर स्कुटर दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

सोमबार राति रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ७३७७ नम्बरको ट्रकको पछाडि सोही दिसाबाट आउँदै गरेको मधेश प्रदेश ०३-०२७ प ६२७० नम्बरको स्कुटर ठोक्किँएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परि स्कुटर चालक हेटौंडा उपहानगरपालिका–९ बस्ने अन्दाजी ३५ बर्षीय गोकर्ण गिरी गम्भिर घाइते भएका छन् । गम्भीर घाइते गिरीको उपचारका लागि भरतपुर पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्।

सांकेतिक तस्वीर