प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा ११ बाट चार युवा प्रहरीको फन्दामा

२०८० बैशाख २८, बिहीबार १५:४२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ बाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने बर्ष २४ को आसिष भुजेल, २० वर्षीय बिबेक लामा, २३ वर्षीय सुदिप महर्जन र हेटौंडा उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय निशान वाईबा तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार बिहिबार साँझ हेटौंडा–११ सहिदस्मारक क्षेत्रमा शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चोकजाँच गर्दा विभिन्न प्रकारका लागुऔषध सहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट लागुऔषध ट्रामाडोल ५० ट्याबलेट, एनरागन ६५ ट्याबलेट, नुरफिन १४ एम्पुल, ड्राईजेपाम ७ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरिएको कार्कीले बताए ।

चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कार्कीले बताए ।