प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

सुनसरी ३ मा चौधरी अघिअघि, गच्छदार पछिपछि

२०७९ मंसिर ११, आईतबार ११:२७ बजे

काठमाडौं – सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन् । चौधरी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ५९३ मतले अगाडि छिन् ।

हाल सम्मको मत गणना अनुसार भगवतीले २४ हजार २६३ मत पाएकी छिन्। भने, उनका प्रतिस्पर्धी गच्छदारले १९ हजार ६७० मत पाएका छन् । अहिलेसम्म ५६ हजार १४३ मत गनिएको छ ।मत गणना जारी छ ।