हेटौंडा – बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।मुख्यमन्त्री सालिकराम जम्कट्टेल नेतृत्वको आजको बैठकले ६ करोड १५ लाख ५६ हजार लागतको ५ वटा प्रहरी इकाई भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ ।
प्रहरी चौकी रत्ननगर–६ सौराहामा ९७ लाख ३३ हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला ब्यारेक भवनमा ८४ लाख २२ हजार, प्रहरी चौकी खाङसाङ फिक्कलमा ४ सिन्धुली १ करोड ३ लाख ३९ हजार, जिल्ला ट्राफिक कार्यालय रामेछापमा १ करोड ३२ लाख ६१ हजार, इलाका प्रहरी कार्यालय भवन मकवानपुरगढीमा १ करोड ९८ लाख १ हजार खर्च गरिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठका अनुसार बैठकले स्थानीय बिपद कोषमा १ करोड रुपैया जम्मा गर्ने निर्णय गरेको छ । उक्त रकम गौरीशंकर, गोकुलगंगा, म्यागङ, नौकुण्ड, त्रिपुरासुन्दरी, बेथानचोक, राक्सिराङ, मरिण, इच्छाकामना गाउँपालिका र बाह्रबिसे नगरपालिकामा बिपद कोष खडा गर्न १०/१० लाख उपलब्ध गराईने उनले बताए ।
त्यस्तै प्राकृतिक बिपद् तथा जोखिम न्यूनीकरणका लागि १ करोड ९० लाख स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णय गरेको छ । उक्त रकममा नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र १ करोड १० लाख साथै मकवानपुरगढी गाउँपालिकालाई ५० लाख दिइने मन्त्री श्रेष्ठले बताए ।
त्यसैगरी बिज्ञान प्रबिधि नवप्रवर्तन तथा बिकास कोष सन्चालन सम्बन्धि बिधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिनेर सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैया दिने पनि निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।
निर्णयहरु