हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ । एमालेबाट अध्यक्षमा विदुर हुँमागाई र उपाध्यक्षमा सन्तु थिङ्गले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मकवानपुगढी–३ स्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर हुँमागाईंले अध्यक्षमा र थिङ्गले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन ।
त्यस्तै गाउँपालिकाको आठ वटै वडाका वडाध्यक्ष र वडासदस्यहरुको उम्मेदवारी दर्ता भएको छ । वडा नं.१ को वडाध्यक्षमा गोपाल लुङ्बा, २ को वडाध्यक्षमा सन्त बहादुर सिंगार, ३ को वडाध्यक्षमा भागवत घिमिरे, ४ को वडाध्यक्षमा अर्जुन तिमल्सिना, ५ को वडाध्यक्षमा जित वहादुर घिमिरे, ६ को वडाध्यक्षमा टिका प्रसाद दहाल, ७ को वडाध्यक्षमा एक्का बहादुर गोले र ८ वडाध्यक्षमा बिनोद पुडासैनीको उम्मेदवारी दर्ता भएको मकवानपुगढी गाउँ कमिटी अध्यक्ष रामजि सापकोटाले जानकारी दिए ।