प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पुरानोगाँउमा खुकुरी आतंक : आफ्नै परिवारका सदस्यमाथि प्रहार, प्रहरीलाई झटारो

२०८० आश्विन १९, शुक्रबार १७:४८ बजे

हेटौंडा – दोलखाको शैलुङ गाउँपालिका वडा नं.२ पुरानोगाँउमा एक पुरुषले आफ्नो परिवारका सदस्य र प्रहरीमाथि खुकुरी प्रहार गरी आतंक मच्चाएका छन् ।

बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार स्थानीय ४२ बर्षीय पन्च बहादुर तामाङले आफ्नै बाबु ७५ बर्षीय राम बहादुर तामाङ र २७ बर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

घटनास्थलमा पुगेको पञ्च बहादुरलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई समेत खुकुरी प्रहार गरेका हुन् । पञ्च बहादुर खुकुरीको झटारो हान्दा इलाका प्रहरी कार्यालय मागापौवामा कार्यरत २५ बर्षीय प्रहरी जवान भुपनारायण श्रेष्ठ सामान्य भएको भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट टाउको र कानमा चोट लागेको राम बहादुर अवस्था गम्भीर रहेको छ भने टाउकोमा चोट लागेको जेनिशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको उद्धार गरी स्थानिय शैलुङ अस्पतालमा लगिएको उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल काभ्रेमा ल्याईएको थियो । त्यहाँबाट पनि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको जोरपाटी मेडिकल कलेज उत्तरीखेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

पन्च बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।