प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

२०८० पौष ९, सोमबार १२:२३ बजे

काठमाडौं – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा सोमबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का २० वर्षीय सुसन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई रहेका छन्

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक रामेछाप मन्थलीका रुपेश अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात आक्रोशित स्थानीयले बसमा आगजानी गरेर बिपी राजमार्ग अवरुद्ध पारेका छन्।