प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडाका एक युवक प्रहरीको फन्दामा

२०७९ बैशाख २३, शुक्रबार १०:३० बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय राजेन्द्र कामी रहेका छन् ।

प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले ८ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित कामीलाई बुधबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।