प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना पक्राउ

२०७९ असार १९, आईतबार ०७:४१ बजे

सिमकोट – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्ट रहेका छन् । उनीहरु दाङको घोराही र तुलसीपुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए ।नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् ।