प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु

२०८१ पौष १३, शनिबार १९:३१ बजे

मकवानपुर – मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।  थाहा नगरपालिका-१० मुलगाउँका ५३ वर्षीय हिराकाजी गोपालीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पुस ८ गते आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा स्थानीय ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेका थिए। गम्भीर घाइते हिराकाजीलाई काठमाडौंको दीर्घायु अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा पुस १२ गते शुक्रबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिट गर्ने जयरामलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।