प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव भेटियो

२०७९ मंसिर २५, आईतबार १३:५० बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खाल्डोमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार साँझ स्थानीय वीर बहादुर वाइबाकी श्रीमती अन्दाजी ३५ वर्षीया सरस्वती वाईबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी प्रहरीमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए । वीरबहादुरले खोज्ने क्रममा शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । 

उक्त सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले अनुसन्धान गरिएको थियो। महिलाको हत्या गरेर गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।