प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

मकवानपुरमा एमालेले खाता भिमफेदीबाट खोल्यो

२०७९ बैशाख ३१, शनिबार ११:३४ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

भीमफेदी–२ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार काशी राम बज्यु ७४४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका कर्ण बहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरे ।

मकवानपुरमा हालसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मकवानपुरमा नेकपा एमाले जित निकालेको पहिलो वडा हो । यसअघि नेपाली कांग्रेसले ३ वडामा कांग्रेस र माओवादी केन्द्र एक जितेको थियो ।