हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका–२ कालिखोलाको एक घरमा आगलागी भएको छ । आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेशले जनाएको छ ।
स्थानीय कुल बहादुर स्याङतानको कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको धनमाल जलेर नष्ट भएको हो । प्रहरीका अनुसार घरमा रहेका लत्ताकपडा, घर,अन्नपात, भाडा, सुन, चादी, नगद नष्ट भएको छ ।
घरको आगलागीमा परेर ७० वर्षिय आईत सिं स्याङतान घाइते भएका छन् । उनको स्वाथ्य केन्द्र शिवराई गाउँमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।