प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

२०८० मंसिर १७, आईतबार २०:३८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नं.१३ बस्ने २६ बर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा उपमहानगरपालिका वडा नं.१६ पानीस्वारा बस्ने ५६ बर्षीय जित बहादुर थिङ रहेका छन् ।

पानीस्वारास्थितमा ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भएर पानीस्वारा भिरबाट खसेर दुर्घटना हुँदा थिङद्वयको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एव प्रहरी निरिक्षक प्रकाश शाहले जानकारी दिए । उनका अनुसार ट्याक्टर करिव ३०० मिटर तल खसेको थियो ।

सांकेतिक तस्वीर