काठमाडौं – सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषण गरेका हुन् ।
अर्थमन्त्री शर्माले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । उनले महँगी भत्तालाई पनि निरन्तरता दिइने बताए।