प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसर्पाकबाट एक जना पक्राउ

२०८० श्रावण ३२, बिहीबार १३:३६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसर्पाकबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ बस्ने २७ बर्षीय न्यामदिन अन्सारी रहेका छन् ।

विशेष सुचनाको आधारमा बुधबार दिउँसो पैदल हिडिरहेका अन्सारीलाई प्रहरीले चेकजाँच गर्दा लागुऔषध कोरेक्स २५० एमएल बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।