प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसको ठक्करबाट एक जनाको मृत्यु

२०८० चैत्र २२, बिहीबार २०:१८ बजे

काठमाडौं –बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवास्थित सडकमा लु.२ ख ५७५३ नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय चन्द्रेश्वर चालिसे रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।