काठमाडौं – नेपालले नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई जितको लागि एक सय ३८ रनको सहज लक्ष्य दिएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आईतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।
नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रनको ईनिङ खेल्दा ज्ञानेन्द्र मल्लले २५ रनको इनिङ खेले । अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रनमा आउट भए । यस्तै आरिफ शेखले १० रन जोड्दा गुलसन झाले रन जोडे । नेपालका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्कटल्याण्डका क्रिस सोलले ३ तथा मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,मार्क वाट,सफियान सरिफले समान १र१ विकेट लिए । यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।
यसअघि शुक्रबार नेपाल र नामिबियाको खेल वर्षाका कारण बीचमै रोकिएको थियो । उक्त खेलमा दुवै टोलीले एक एक अंक बाँडेका थिए । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । सात टोली सहभागी लिग–२ मा नेपाल अहिले २१ खेलबाट १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।
२९ खेल सकेको स्कटल्यान्ड ४२ अङ्क सहित दोस्रो स्थानमा छ । हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।