काठमाडौं – एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले १५ बलमा २ रन बनाएका रोहन मुस्ताफालाई आउट गराएका हुन् ।
यसअघि नेपालका लागि करण केसीले दुई, सोमपाल कामी र ललित नारायण राजबंशीले एक–एक विकेट लिएका छन् ।
पहिलो विकेटको रुपमा सोमपालले युएईका कप्तान मुहम्मद वासिमलाई ११ रनमा आउट गरे ।
त्यस्तै करण केसीले यूएईका भृत्य अर्विन्दलाई ९ बलमा ८ रन आउट गर्दा आयन लक्करलाई २८ बलमा १३ रनमा क्याच आउट गरे ।
त्यसैगरी ललितले खेलको ९ औँ ओभरमा नेपालका लागि चौथो विकेट लिए । उनले युएईका शाहजदलाई १ रनमा क्याच आउट गरेका हुन् ।
युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ ।