प्युठान – प्युठानको ऐरावती गाउँपालिका ४ धुवाङमा गएराती ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । स्थानीय ३८ वर्षीया शान्ता रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । सुदुरपश्चिम प्रदेश ०१ ००२ त ५२१२ नम्बरको ट्याक्टरमा सवार उनी गएको मध्यरातमा ट्याक्टरबाट खसेकी थिइन् । ट्याक्टर सहित चालकलाई अस्थाई प्रहरी पोष्ट कैरन प्युठानले नियन्त्रणमा लिएको छ ।